0 COMMENTS

daviनवरात्र चलिरहेको छ । यस बेलामा देवी माताको पूजा अर्चना गर्नुको विशेष महत्व छ । वास्तुशास्त्रका अनुसार देवीसँग सम्बन्धित यी पाँच चीजलाई नवरात्रका बेलामा घर भित्र्याउँदा घरपरिवारमा देवीको विशेष कृपा हुन्छ ।

कमलको फूल वा तस्वीर
कमलको फूल देवी लक्ष्मीलाई विशेष प्रिय लाग्छ । नवरात्रका बेलामा कमलको फूल वा त्यसको तस्वीर घरमा राख्नुभयो भने लक्ष्मीकृपा तपाईंमाथि बर्सिन्छ ।

चाँदी वा सुनको सिक्का
नवरात्रका बेलामा चाँदी वा सुनका सिक्का घरमा ल्याउँदा शुभ हुन्छ । सिक्कामा लक्ष्मी वा गणेशको चित्र अंकित छ भने त झन् बढी शुभ हुन्छ ।

मयूरको प्वाँख
निगम ग्रन्थहरूमा भगवान् शिवले माता पार्वतीलाई भन्नुभएको छ, ‘पक्षीशास्त्रमा मयूरको महत्व नबुझ्ने व्यक्तिले देवी योगिनी मण्डलको रहस्य बुझ्न सक्दैन ।’ त्यसैले मयूरको प्वाँखको ठूलो महत्व छ । नवरात्रमा मयूर प्वाँख घरमा भित्र्याउँदा वास्तुदोष पनि हटेर जान्छन् ।

देवी लक्ष्मीको धनवर्षा तस्वीर
घरमा धनधान्यको प्रचूरता रहोस् भन्ने कामना राख्नुहुन्छ भने कमलमा आसीन देवी लक्ष्मीले घडाबाट धन बर्साइरहेको तस्वीर घरमा ल्याउनुहोस् ।

सोह्र शृंगारका साधन
नवरात्रका बेला सोह्र शृंगारका साधन घरमा ल्याएर स्थापना गर्नु उपयुक्त हुन्छ । यसो गर्दा देवी माताको कृपा घरमा बर्सिन्छ ।

दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।