0 COMMENTS

a12काठमाडौं १७ असोज । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौताहरु आपक्ति जनक छन् । यसले विदेशी रिझाउने काम मात्रै गरेको छ त्यसमा पनि भारतलाई रिझाउने भरमग्दुर प्रयास गरिएको छ । राष्ट्रिय स्वार्थलाई पुर्णतः वेवास्था गरिएको छ । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको संयुक्त वक्तव्यले नेपाललाई पुनः एक पटक २००७ सालकै वरिपरिको परिवेशमा पुर्याएको छ ।

अघिल्ला प्रधानमन्त्रीहरुले सद्भावना भ्रमणका रुपमा भारत जान्थे । केहि विकासे आयोजना, केहि जलविद्युत आयोजना र केहि नदिमा भारतलाई सर्वाधिकार सुम्पिन्थे । तर प्रचण्डले नेपालको सार्वभौम सत्तामाथी नै प्रहार हुने ढंगले संयुक्त वक्तव्य निकाले । एउटा स्वाभिमानी नेपालीका लागि यो स्विकार्य बिषय हुनै सक्दैन ।

प्रचण्डले भारतीय भूमिमा पुगेर आफ्नै समर्थनमा बनेको निवर्तमान सरकारको बिरोध गरेका छन् । आफैंले अगुवाई गरेर जारी गरेको संबिधान अपुरो छ भनेका छन् । हामी तपाईहरुले भनेझै काम गर्छाै भनेर भारतीयलाई रिझाउने प्रयास गरेका छन् । यो जस्तो गैरराजनीतिक र गैरकुटनीतिक कुरा केहि हुनै सक्दैन । यो नेपाली इतिहासको सबै भन्दा लज्जाजनक भारत भ्रमण सावित भएको छ । प्रचण्डले नेपाललाई पुनः एक पटक भारतीय सुरक्षा छाता भित्र पुर्याउने प्रयास गरेका छन् ।

नेपालको सुरक्षामा भारतीय चासो स्विकार गरेका छन् । दुई मुलुकले सुरक्षामा समन्वय गर्ने भनिएको छ । नेपालले अन्तराष्ट्रिय मञ्चमा भारतलाई निःसर्त सहयोग गर्ने भनिएको छ । दुबै मुलुकले सल्लाह गरेर अन्तराष्ट्रिय मञ्चमा साझा धारणा राख्ने भनिएको छ । संयुक्त वक्तव्यका यी बुँदाहरु नेपालको आत्मगौरव प्रतिकुल छन् ।

अन्य प्रधानमन्त्रीहरुले गरेका भारत भ्रमण भन्दा प्रचण्डको यो भ्रमण एक हजार गुणाले नेपालको हित विपरित छ |

श्रोत सिंह दरबार डटकम  

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।