0 COMMENTS

purvaraja-काठमाण्डाै१६,असाेज/१२ वर्ष पछि पुर्व राजा ज्ञानेन्द्र द्वारा पचली भैरब संग खड्ग साटनु काे साथै घ्याम्पाे परिवर्तन गर्नुभएकाे छ । गणतन्त्र स्थापना भएको १० वर्ष वितेपछि पुरानो संस्कारलाई परिवर्तन गरेर राष्ट्रपतिले घ्याम्पो तथा खड्गो परिवर्तन गर्नुपर्नेमा कुनै पनि जवाफ नआएकोले मल्लकाल देखी नै सुरूवात गरीदै अाएकाे प्रचलन लाइ कायम राख्न र स्थानीय काे चाहना र नीमन्त्रणा अनुशार अाज   पचली भैरवको घ्याम्पो यो वर्ष राजाकै हैसियतमा पूर्व राजा ज्ञानेन्द शाहले परिवर्तन गर्नुभएको छ । सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न पूर्वराजा ज्ञानेन्द नै पुग्नुभएको हो ।  पचली भैरवको जात्राको नेपाली समाजमा आफनै महत्व रहेको छ ।मल्ल राजा गुणकामदेवको पालादेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन बर्षेनी जाने गरेका थिए भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए । २०५८ सालमा राजा भएपछि राष्ट्राध्यक्षको हैसियतमा पचली भैरवको पूजा गर्नुभएका ज्ञानेन्द्र शाहले त्यसको १५ वर्षपछि फेरि जात्रामा आइतबार सहभागीे भएर भीमसेनस्थान पुगेर पुजा आजा गर्नुभएको छ । २०५८ सालमा फेरिएको घ्याम्पो जीर्ण भएपछि यस वर्ष पचली भैरवको घ्याम्पो फेरिएको हो । नयाँ घ्याम्पो शनिबार थकुजुजु नेवारी राजाको घरमा भित्रयाएर पूजाआजा गरिएको थियो । हरेकपटक घ्याम्पो फेर्दा राष्ट्राध्यक्षले पचली भैरवको पूजा गर्ने चलन छ ।
सरकारी पक्षलाई पटकपटक आग्रह गर्दा पनि वास्ता नगरिएपछि पूजाआजा र दर्शनका लागि पूर्वराजा शाहलाई बोलाइएको थियो । अलौकिक शक्ति मानिने पचली भैरवको प्रत्येक १२ वर्षमा खड्गसिद्धि जात्रा हुन्छ । उक्त अवसरमा राजाहरूले तरबार साट्ने गरेको पाइन्छ । नुवाकोटका ठकुरी राजा गुणकामदेवले आफ्ना पूर्वज ठकुरी राजा शिवदेव भैरवका रूपमा सिद्ध भएकाले भैरव आजु पूर्वजका रूपमा काठमाडौंमा पचली भैरव स्थापना गरेका हुन् । पचली भैरवको देवस्थललाई पञ्चलिंगेश्वर अर्थात् पञ्चमुखी लिंगेश्वर भन्ने गरिन्छ । हिमाली क्षेत्रमध्ये काश्मीरमा चलेको लिंगायत मत, सिन्ध उपत्यकामा चलेको शिवलिंग र जलहरिको पूजा परम्परा, पाशुपत क्षेत्रमा चलेको पञ्चमुखी ज्योतिर्लिंग पूजाजस्तै तान्त्रिक दृष्टिले शिवको संहारका रूपमा पचली भैरवको पूजा गर्ने परम्परा रहेको छ । उनी महादेव मसानमा बास गर्ने पिशाच आदि आसुरी शक्तिसँग बास गर्ने देवका रूपमा पनि पुजिन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।