0 COMMENTS

काठमाण्डाै, १६ असोज/ नेपाली कांग्रेसले आफ्ना तर्फबाट भोलिसम्म ७ राज्यमन्त्री सरकारमा पठाउने भएको छ ।सरकार गठन भएको झण्डै दुई महिनापछि कांग्रेसले पाएका १५ मन्त्रालयमध्ये ७ मन्त्रालयमा राज्यमन्त्री पठाउने तयारी गरेको हो ।

पार्टीमा जातीय लैंगिक, क्षेत्रीय सन्तुलन मिलाएर राज्यमन्त्री पठाउने तयारी भइरहेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले बताए ।

‘संभवतः सोमबारसम्म राज्यमन्त्रीले सपथ लिनेछन्,’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने,‘ पार्टीको आन्तरिक सन्तुलन जातीय, क्षेत्रीय र लैंगिक पक्ष मिलाएर मन्त्री चयन हुन्छन् ।’सात राज्यमन्त्रीका लागि तीन दर्जनभन्दा बढी आकांक्षी छन् । सभापति देउवा, पौडेल र सिटौलाका तीन धारको प्रतिनिधित्व हुँदै राज्यमन्त्री चयन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।