0 COMMENTS

काठमाडौं,१६ असोज /च्यासल युथ क्लब ए डिभिजनमा बढुवा भएको छ । शहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा रानी पोखरी कर्नर टिम आरसिटीलाई २–१ ले हराएपछि च्यासलले एक खेल अघिनै ए डिभिजनमा पुगेको हो ।

अब न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लब मध्य एक टिम ए डिभिजनमा प्रवेश गर्नेछ । एनआरटी २२ अंकसहित दोस्रो स्थानमा छ भने सातदोबाटो पनि २२ अंक नैसहित गोल डिफ्रेन्सका आधारमा तेस्रो स्थानमा छन् ।

यस्तै शनिबार नै भएको अर्को खेलमा सातदोबाटोसँग २–१ ले पराजित भएपछि सामाजिक युथ क्लब रेलिगेसनमा परेको छ । सामाजिक ८ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । पुछारमा रहेको महावीर क्लब यसअघिनै रेलिगेसनमा परिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।