0 COMMENTS

काठमाडौं, १३ असोrapeज । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नबिन भन्ने घनश्याम अर्याललाई पेप्सीकोलाबाट पक्राउ गरेको छ ।

काठमाडौ महानगरपालिका–३ बाँसबारी बस्ने खोटाङ घर भएका २६ वर्षीय घनश्याम अर्यालले सिन्धुपाल्चोक स्याउले–८ घर भई बुढानिलकण्ठ नगरपालिका–५ पासीकोटस्थित खाली जग्गा भाडामा लिई छाप्रोमा परिवारसँग बस्दै आएकी ११ वर्षीया बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

बालिकाको बुवासँग ज्यामी काम गर्दै आएका अर्याल सोमबार बालिकालाई लिन विद्यालयमा गए पश्चात् शिक्षकहरुलाई शंका लागेको थियो ।

मंगलबार बालिकासँग सोधपुछ गर्दा घनश्याम अर्यालले आफुलाई पटकपटक करणी गरेको बताएकी छन् । फरार अर्याललाई भने प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।