काठमाण्डौ, १५ असोज । पाकिस्तानले आगामी कात्तिक २४ र २५ गते गर्ने तय भएको १९ औं दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत सम्मेलन स्थगनको घोषणा गरेको हो । भारतसहितका करिब चार मुलुकले सार्कमा सहभागि नहुने बताएपछि पाकिस्तानले सार्क सम्मेलन स्थगित गर्ने घोषणा गरेको जनाएको छ । अन्य मुलुकमा अफगानिस्तान, बंगलादेश र भुटान छन् ।पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा छिट्टै सार्क सम्मेलनको नयाँ मिति तोकिने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्