0 COMMENTS

काठमाडौं, १४ असोज / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अाज एक समाराेहमा संविधानमा धर्मनिरपेक्षतालाई स्वीकार गरिए पनि नेपाल हिन्दुराज्य भएको बताएका छन्।
एक धार्मिक संस्थाको स्मारिका विमोचन कार्यक्रममा शुक्रबार डेढ घण्टा बिताएका काँग्रेस सभापति देउवाले संविधानमा जे भएपनि नेपाल हिन्दुराज्य भएको बताए। उनले आफू हिन्दु भएको र मुलुकका बहुसंख्यक जनताले पनि हिन्दु धर्ममा नै आस्था राख्ने भन्दै संविधानमा के छ भन्ने कुरा ठूलो नभएको बताए।

२०६२र०६३ सालको जनआन्दोलनपछि पुनःस्थापित भएको प्रतिनिधिसभाले नेपाली काँग्रेसको नेतृत्वमा मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेकामा संविधानले पनि धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।