0 COMMENTS

 

काठमाडौं१४, असोज । भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ । दुई मुलुकबीच युद्धको तयारी भइरहेको संकेत देखा परेको विश्लेषकहरुको भनाइ छ ।

भारतले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा कयौं बस्ती खाली गराएको छ । करिब एक हजारको संख्यामा रहेका ती बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा बनाइएको अस्थायी शिविरमा सारिएको भारतीय अधिकारीको भनाइ छ ।

फोटो फाइल

सीमा क्षेत्रबाट १० किलोमिटरको दुरीसम्म रहेका सबै अस्पतालका चिकित्सकको पछि बिदा रद्द गरिएको भारतीय अधिकारीले जानकारी दिएका छन् । ती चिकित्सकलाई तयारी अवस्थामा रहन भनिएको छ । त्यसैगरी सीमा क्षेत्रमा रहेका विद्यालयमा छुट्टी दिइएको छ ।

भारतले पाकिस्तान अधिनस्थ कश्मिरमा गरेको ‘सर्जिकल स्ट्राइक’पछि पाकिस्तानको मन्त्रिपरिषद बैठक शुक्रबार बस्दै छ । सो बैठकले सीमा क्षेत्रमा देखिएको तजाव र आगामी रणनीतिका बारेमा निर्णय गर्ने सम्भावना रहेको पाकिस्तानी अधिकारीहरुको भनाइ छ ।

यता भारतले पाकिस्तानबाट हुन सक्ने हमलालाई मध्यनजर गर्दै आफ्नो सेनालाई तयारी अवस्थामा राखेको छ । सुरक्षाबलका सबै जवानको छुट्टी रद्द गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

अधिकारीहरुका अनुसार पाकिस्तानले हमला गरेमा पाँच मिनेटभित्रै जवाफ दिनेगरी सेनाका विभिन्न युनिटलाई भारतले तयारी अवस्थामा राखेको छ ।

यसैबीच नियन्त्रण रेखा पार गरेको आरोपमा एक भारतीय सैनिकलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको छ । पाकिस्तानी संचारमाध्यमका अनुसार चन्दु बाबुलाल चौहान नाम गरेका भारतीय सेना पाकिस्तानी सेनाको नियन्त्रणमा छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।