0 COMMENTS

काठमाडौं, १३ असोज/ पाकिस्तानमा आयोजना हुन लागेको आसन्न १९ औं सार्क शिखर सम्मेलन बहिस्कार गर्ने भारतीय नेतृत्वको प्रयासलाई नेपालले विफल पारिदिएको छ । भारतले पाकिस्तानलाई आतंकवादीहरुको केन्द्रका रुपमा आरोप लगाउँदै सार्क शिखर सम्मेलन बहिष्कार गरेको थियो । भारतकै दबाबमा अफगानिस्तान, बंगलादेश र भुटानले पनि सार्क शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् ।

परराष्ट्र मन्त्रालयले बुधबार साँझ एक विज्ञप्ति जारी गरी भारतका कारण अनिश्चित बन्दै गएको सार्क बैठक तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने अडान सार्वजनिक गरेको हो । सार्कको अध्यक्ष समेत रहेको नेपालले पाकिस्तानलाई एक्ल्याउने भारतीय भुमिकाप्रति असहमति समेत जनाएको छ ।

काश्मिरको उरी घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई प्रश्रय दिएको भन्दै पाकिस्तानलाई विश्वमा एक्ल्याउने चेतावनी दिएका थिए । जसको सुरुआत सार्कबाट गरेका थिए । उनले आफ्नो देशसँगै बंगलादेश, अफगानिस्तान र भुटानलाई पनि सार्क सम्मेलन बहिष्कार गर्न लगाएका थिए ।

तर, यसपटकको सार्क शिखर सम्मेलनको अध्यक्षता गरिरहेको नेपालले भारतको चाहनाविपरित पाकिस्तानलाई साथ दिँदै सबै सदस्य राष्ट्र सार्क चार्टरको भावनाअनुरुप बढ्नुपर्ने र सार्क शिखर सम्मेलन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएको छ ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ( ‘सार्क अध्यक्ष देश हुनाका नाताले सार्कका सबै देशलाई नेपाल सरकार सार्कको वडापत्रको मर्मअनुसार सार्क शिखर सम्मेलन गर्नका लागि सबै सदस्य देशले आफ्नो सहभागिता सुनिश्चित गर्दै त्यसका लागि सुहाउँदो वातावरण बनाउन आग्रह गर्छ ।’नेपालले पाकिस्तानलाई साथ दिँदै सार्क सम्मेलनमा हुनुपर्ने अडान राखेपछि भारतलाई झट्का लागेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।