0 COMMENTS

काठमाडौं, १३ असोज । पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप त्रीशुली नदीमा दुर्घटना भयकाेथीयाे तीन दीन  पछी परिचालित भएको नेपाली गोताखोरले त्रिशूली नदीमा गाडी फेला पारेको छ।

चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार नदीको ८/१० फिट गहिराईमा गाडी फेला पारिएको जानकारी दिए। उक्त गाडी पूर्वगृहमन्त्री घिमिरे चढेकै गाडी हो वा अन्य गाडी हो भन्ने यकिन हुन सकिरहेको छैन। घोप्टेभीरबाट २० मिटर दक्षिण क्षेत्रमा नेपाली गोताखोरले बुधबार बेलुका गाडी फेला पारेको हो।
‘गाडी फेला परेको हो, तर पूर्वगृहमन्त्री चढेको गाडी हो भन्ने चाहिँ यकिन भएको छैन,’ कुँवरले भने, ‘हाम्रो शंका त्यही गाडी हो भन्ने छ।’ उनका अनुसार नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी तथा गोताखोरको प्रयासमा गाडी निकाल्ने काम भइरहेको छ। आइतबार साँझ काठमाडौं आइरहेका बेला पूर्वगृहमन्त्री घिमिरेसहित परिवार चढेको बा९च १५३१ नम्बरको जीप घोप्टेभीरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो।

घटनास्थलबाट तत्काल आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले र निजी सुरक्षाकर्मी रामचन्द्र कार्कीको शव फेला परेको थियो। चालक विष्णु राई घाइते अवस्थामा फेला परेका थिए। घिमिरेसहित उनका दुई भाइ त्रिशुलीमा हराइरहेका थिए।

केही दिनपहिले घोप्टेभीरबाट ट्रक खसेर नदीमा बेपत्ता भएको थियो। कुँवरका अनुसार भेटिएको उक्त गाडी ट्रक पनि हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।