0 COMMENTS

threesrarकाठमाण्डाै १२,असाेज/ललितपुरको थ्रीस्टार क्लब बुधबार युनाइटेड सिक्किमलाई अतिरिक्त समयमा ४–१ ले पराजित गर्दै भारतको गुवहाटीमा भइरहेको ६४ औं बोर्दोलोई ट्रफि फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारको लागि प्रतियोगिताको पहिलो सेमिफाइनलमा भाइचुङ भुटियाको सिक्कमे क्लबको चुनौती पार सजिलो भने भएन ।

उत्कृष्ट ‘टिम वर्क’ प्रदर्शन गर्दै अफ्रिकी मूलका खेलाडी मार्टिन्स कयोडेले ६६ औं मिनेटमा गोल गरेर थ्रीस्टारलाई १–० को अग्रता दिलाएका थिए । तर, सिक्किमका सोनाम छिरिङ टिमले ८९ औं मिनेटमा गोल गरेपछि निर्धारित ९० मिनेट (थप ३ मिनेटको इन्ज्युरी समय पनि) १–१ को बराबरीमा टुंगिएको थियो ।

नेहरु स्टेडियममा थपिएको ३० मिनेटको अतिरिक्त समयमा थ्रीस्टारले तीन गोल गरेको हो । मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गरेपछि थ्रीस्टार ९४ औं मिनेटमा २–१ ले अघि बढ्यो ।

त्यसपछि विजय धिमालले १ सयौं र विजय गुरुङले १ सय पाँचौं मिनेटमा गोल थप्दै थ्रीस्टारको फाइनल यात्रा निश्चित गरिदिए । एसियाली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता एएफसी कपको प्ले–अफमा छनोट भएको दुई महिनाभित्रै थ्रीस्टारले गुवाहाटीमा फाइनल खेल्ने पक्का गरेको हो ।

प्रशिक्षक मेघराज केसीले सम्हालेको थ्रीस्टारले दोस्रोपल्ट बोर्दोलोई ट्रफिको फाइनल यात्रा तय गरेको हो । उसले सन् २०१० मा भएको फाइनलमा बंगलादेशको अबहनी लिमिटेडस“ग ३–० को हार बेहोरेको थियो । त्यसबेला थ्रीस्टारले समूह चरण र सेमिफाइनलमा गोल नगरी फाइनल यात्रा तय गरेको थियो ।

यसपाली पहिलो खेलमै नागल्यान्डको बाराक फ्लेमिंगोजलाई ६–१ ले पराजित गरेको थ्रीस्टार आयल इन्डिया र सिलोङ लाजोङसँग समान १–१ को बराबरी गर्दै समूह ‘ए’ विजेता भएको थियो । उसले फाइनलमा इस्टे बेंगाल वा सिलोङ लाजोङस“ग प्रतिस्पर्धा गर्नेछ । विजेताले १६ लाख र उपविजेताले ८ लाख रुपैयाँ पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।