0 COMMENTS

काठमाण्डाै१२,असाेज/ बिजुलीबजारमा रहेकाे औषधि व्यवस्था विभागभित्र  स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ । विभागमा  पानस फर्मास्यूटिकल्स प्रालि लेखेको स्टिलको दराजमा हेरोइन जोख्ने डिजीटल तराजु सहीत २२ ग्रमा खैराे हीराेइन फेला परेको हो ।

लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनको कारोबारीको आरोपमा पानस फर्मास्युटिकल्सका कामदार  सुनिल गुप्तालाई पक्राउ गरेको थियो । गुप्ताले बयानमा विभागभित्र रहेको स्टिलको दराजमा हेरोइन राखेको बताएपछि ब्युरो टोली बुधबार विभाग पुगेको थियो ।

गुप्ताले भने अनुसार विभागभित्र रहेको स्टिलको दराज खोलेर हेर्दा प्रहरीले हेरोइन र त्यो जोख्न प्रयोग हुने तराजु फेला पारेको थियो । त्यसपछि गुप्तालाई पक्राउ गरेको थियो । ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार प्रारम्भमा काठमाडौं महानगरपालिका–८ जय बागेश्वरीमा सुर्य संगत पक्राउ परेका थिए ।

उनको साथबाट ७ ग्राम खैरो हेरोइन र ४ हजार रुपैयाँ फेला परेको थियो । सोधपुछमा संगतले बाँकेका ३२ वर्षिय गुप्तासँग हेरोइन किनेको खुलेको थियो । त्यसपछि प्रहरीले गुप्तालाई पक्राउ गरेको थियो । गुप्ता पानस फर्मास्युटिकल्सका लाइजन अफिसर हुन् ।

गुप्तासँग हेरोइन किनेका प्रकाश जोशी, सद्दाम अन्सारी र बिरेन्द्र सिंहलाई प्रहरीले गौशालाको साउथ एसियन गेष्ट हाउसमा छापा मारी पक्राउ गरेको थियो । उनीहरुको साथबाट ९ ग्राम हेरोइन र ६४ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।