0 COMMENTS

काठमाडौं१२,असाेज / सिंहदरवार क्षेत्रमा भुस्याहा कुकुर हरूकाे बीगबीगी बडदै  आएकाे ले नेपाल सरकारले  भुस्याँहा कुकुरको बन्ध्याकरण गर्न तीन करोड लगानी गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले कुकुरको बन्ध्याकरण गर्न तीन करोड रकम खर्च गर्ने योजना लागु गरेको छ ।

राजधानीका भूस्याहा कुकुरमा रेविजको संक्रमण बढन थालेपछि काठमाण्डाै  महानगरपालिकाले एक गएर सरकारी सस्थासंग मीलेर कुकुरकाे बन्ध्याकरण सुरु गरेको छ । गत बैशाखदेखि प्रत्येक साता कुकुर बन्ध्याकरण गरिरहेको महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार आगामी तीन वर्षभित्र उपत्यकाका २२ हजार भुस्याहा कुकुरको बन्ध्याकरण गर्ने योजना महानगरपालिकाले गरेको छ । ‘एउटा कुकुर बन्ध्याकरण गर्न ७ हजार खर्च लाग्छ,’ श्रेष्ठले भने ‘२२ हजार कुकुर बन्ध्याकरण गर्न तीन करोड लाग्ने अनुमान गरेका छौ ।’

महानगरपालिकाले भुस्याहा कुकुर समात्न गाडी प्रयोग गर्ने गरेको छ । समातिएका कुकुरलाई शिविर नै सञ्चालन गरी बन्ध्याकरण गर्ने गरेको छ । उपत्यकाको वसन्तपुरमा २०, सिंहदरबारभित्र ८० र टेकुमा १ सय ८० कुकुरको बन्ध्याकरण गरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।