0 COMMENTS

काठमाडाैँ, ११आश्विन । मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जना महिलासहित १७ को जनाको मृत्यु भएको छ । । प्रहरी निरीक्षक भीम भट्टराईका अनुसार स्थानीयले ११ जनाको शव भेटिएको प्रारम्भिक जानकारी दिएका हुन् । स्थानिय बासीका अनुसार बस सडकबाट खाेलामा झरेकाे छ ।

बस मार्पाक गाविसको लपाङको उकालोमा ओभरलोडका कारण दुर्घटनामा परेको बताइएको छ । ‘शव पहिराेमा छरिएकाे छ, गन्ति गर्न भ्याएकै छैन’, स्थानीय बासीले समाजकाे अावाज समाचार दाता संग भने,’१७ जनाकाे मृत्यु भइसकेकाे थाहा भएकाे छ ।’

घाइते ८ जना मध्य २ जनाकाे मृत्यु भइसकेकाे छ । अन्य घाइतेलार्इ लिनकाे लागि हेलिकाेप्टर त्यस तर्फ प्रस्थान गरेकाे छ । अधिकारीका अनुसार शवहरू पहिराेमा छरिएर बसेकाे छ । सबै टिपेर गन्ती गरिएकाे छैन । प्रहरीले त्यस क्षेत्रमा अन्यलाइ जान दिएकाे छैन ।

धादिंगबेसीबाट मंगलबार विहान ७ बजे दार्खा गाविसकाे लागि बस छुटेकाे थियाे । तर, प्रहरीका अनुसार १७ जनाकाे मृत्यु भएकाे छ । पुरूष ११ महिला ४ जनाकाे मृत्यु भएकाे छ । २ जनाकाे शव छुट्याउन नसक्ने अवस्थामा छ । ३ सय मिटर भन्दामाथिबाट बस तल झरेकाे जनाइएकाे छ ।

भुकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न पहिलो किस्ता ५० हजार रकम अनुदान लिन आएका उत्तरी भेकका सत्यदेवी र री गाविसका अधिकांश भुकम्पपीडित यात्रुहरु बसमा रहेको टिकट काउन्टरले जनाएको छ । सेम्जोंग र कटुन्जेबाहेक उत्तरी भेकका री, लापा, सत्यदेवी , तिप्लिङ्ग, सेर्तुङ्ग, झार्लाङ्गका बासिन्दाहरुले उक्त सडक प्रयोग गर्छन् ।

मिलनटोलस्थित काउन्टरमा सदरमुकाममा बस्ने उत्तरी भेकका आफन्तजनहरुको भीड लागे पनि मृतकहरुको नाम खुल्न नसकेकोले सबै आफन्तजनहरु अन्योलमा परेका छन् । थप १५ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारार्थ सवा २ बजे उद्धार गरी काठमाडौं लगेको सदरमुकामस्थित नेपाली सेनाको देवीदत्त गणले जनाएको छ ।

सत्यदेवीका उद्धारका लागि दार्खास्थित प्रहरी चौकी र जिल्ला प्रहरीबाट मिनीट्रकमा ३० जना प्रहरी पठाइएको प्रहरीले जनाएको छ । टिकटको काउन्टले दिएको चलानीमा कुनै पनि यात्रुको नाम ठेगाना लेखिएको छैन । एउटै व्यक्तिले धेरै टिकट खरिद गर्ने भएकाले टिकटमा नाम नलेखिने काउन्टर सञ्चालकले बताएका छन् ।

दुर्घटनास्थल सदरमुकाम धादिङवेसीबाट ३२ किलोमिटर दूरीमा पर्छ । प्रहरीका अनुसार दुर्घटनामा परेको बसको रुट परमिट छैन । बर्षात्ले बिग्रेको ग्रामीण सडक मर्मत संभार नभएपछि दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।