0 COMMENTS

आश्विन१०,काठमाण्डाै/ चिकित्सा शिक्षा सुधारको माग गर्दै अाठाै पटक अनसन बसीसकेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले  अाज दीउसाे ४ बजे पत्रकार संम्मेलन गर्दै नवौंपटक अनसन सुरु गरेका छन् ।

सरकारलाई दिएको अल्टिमेटममा पनि माग पूरा नभएको भन्दै केसीले सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै अनसनको घोषणा गरेका हुन् । केसीले कार्यान्वयन हुन बाँकी तीनवटा मागमासमेत स्मरण गराउँदै चार बुँदे माग अघि सारेका छन् । उनले चिकित्सा शिक्षा ऐन संसदको जारी अधिवेशनबाटै पारित गर्न, अख्तियार प्रमुख लोकमानसिंह कार्की र सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउन, माथेमा आयोगको सिफारिस बमोजिम मेडिकल शिक्षा शुल्क लागू गर्न, निजी मेडिकल कलेजका प्रतिनिधिसमेत सम्मिलित समिति खारेज गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।