0 COMMENTS

काठमाडौं१०,असाेज । नेपाली कांग्रेसका नेता गगन थापाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव ब्यवस्थापिका संसद सचिवालयमा दर्ता गरेको दोस्रो दिन उनी माथी भ्रष्टाचारको छानविन थालिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता थापाबिरुद्ध भ्रष्टाचारको प्रमाण जुटाउन त्रिचन्द्र क्याम्पसबाट फाइल खोजी सुरु गरिएको स्रोतले दावी गरेको छ ।

नेता थापा वि स २०५६ सालमा त्रिचन्द्र क्याम्पसका सभापति भएका थिए । थापा स्ववियू सभापति हुँदा कार्यकालमा बास्केटबल कोर्ट बनाउने नाममा स्ववियूले लाखौं हिनामिना गरेको चर्चा चल्दै आएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने प्रस्तावको मुद्धा उठाउदै १४ दिनदेखि अनसनरत डा गोविन्द केसीकै पक्षमा काग्रेस नेता गगन थापा उभिएसँगै गगन थापालाइ उप्ठ्यारोमा पार्ने खेलमा अख्तियारले उनी सभापति हुँदाताकाको पूराना फाइलहरुको बारेमा चासो र खोजीनीतिमा  जुटेकाे अनुमान लगाउन सकीन्छ ।

 गत विहीबार थापा प्रस्तापक र धनराज गुरुङ तथा श्याम श्रेष्ठको समर्थनमा सार्वजनिक महत्वको प्रस्ताव ब्यवस्थापिका संसदमा दर्ता भएको थियो । प्रस्ताव दर्ता भएको भोलीपल्टनै अख्तियारले त्रिचन्द्र कलेजको पूराना फाइलहरुको बारेमा चासो राखेको हो ।

यही मुद्धा संसदमा समेत उठाएर चर्चामा आएका काग्रेस नेता गगन थापा माथि अख्तियारको भने बक्र दृष्टि पर्न थालेको स्पस्ट देखीन्छ । य साेही विषयलाइ लीएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुष्करसँग प्रतिक्रिया लिन खोज्दा उनले अनावश्यक हल्ला मात्र भन्दै फोन राखिदिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।