0 COMMENTS
vajaya
 विजय तिमिल्सिना

एउटा करायो

जङियो

टेबल ठोक्यो

तिमीहरुलाई ठुला लागेका

मान्छे कि पोस्ट

भेदभाव गर्छौ किन

तिमीलाई लाग्छ निस्चित केही छ ?

गराउनु पर्छ

अजम्बरीको छ र

एक दिन मर्नुछ धनको साम्राज्य

बमले उडाउछ

बिचार जलाउने

तिमी सँग कुनै आगो छ ?

अर्कोले पाखुरा सुर्कियो

तैले भन्न खिजेको के

औंला ठडायर धम्काउन खोज्ने

पावर जुदाउने हो ?

को को भन्दा बलियो

तै मात्रै जान्ने सुन्ने

जीवन दर्शन सिकाउने

दुबै जना एक आपसमा आगो थिए

सुन्नेहरुले दुबैलाई तान तुन पारे

स्थिती साम्सुम पारे तर बिचार जलाउने कसै सँग आगो थिएन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।