0 COMMENTS

trishuliचितवन, ९ असोज / पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिसुलीमा बेपत्ता भएको छ ।

घिमिरे चढेको ना १३ च १३५१ चढेको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ ४ बजे खसेर बेपत्ता भएको हो । गाडी काठमाडौं आउँदै थियो । चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार सात जना सवार गाडीका एक महिलासहित तीन जनाको उद्धार गरिएको छ ।
बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ । उनीसहित चालक विष्णु राई र नारायणप्रसाद काफ्लेको उद्धार गरिएको छ ।
दुर्घटनामा घाइते चालक विष्णु राईलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार गाडीमा रहेका घिमिरेसहित चार जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।