0 COMMENTS
14440993_1793686934176537_7870414089508871012_n
परिवर्तन देवकोटा

चाहियो हामीलाई सुस्ता र कालापानी चाहियो
पुरीएर रहेका एकएक खनिज खानी चाहियो
आफ्नै देशमा पसिना बगाउन चाहेका छौँ
 सरकार अब हामीलाई विशेष लगानी चाहियो
लुला लंगडाको निम्ति आवाज बुलन्द गर्दै छु म
सहयोग गर्नुस् अन्धालाई आँखाको नानी चाहियो
विचरा ति सडक बालिकाको पनि मन हुँदैन र ?
ति नारीलाइ विशेष घरबार र जवानी चाहियो
आमा बुबाको चलखेलले झाडिमा फालीएकी
ति अबोध बालिकाको अब जिन्दगानी चाहियो
परिवर्तनको लागि थोपाथोपा पसिना बगाउँदैछौँ
आवस्यक छ धेरै भन्दा धेरै मानिस दानी चाहियो

परिवर्तन देवकोटा कल्लेरी ८ धादिङ हालः सामाखुसि काठमान्डौ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।