0 COMMENTS

काठमाडौँ , ९ असोज । बुङमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर जीर्णेद्धारका क्रममा मन्दिर मुनि नवरत्न, असर्फी र चाँदीका सिक्का पाइएको छ ।

सुनको पद्यमाणि लोकेश्वरकोे मूर्ती पनि सोही स्थानमा पाइएको छ । मन्दिरका चार कुनामा सुनका पाता भेटिएको छ । माटोको घैंँटोमा तामाका टुक्रा छन् ।

पुरातत्व विभागले यसको लगत लिएको छ । मन्दिर जिर्णोद्धारका क्रममा सबै देवस्थलमा यस प्रकारका नवरत्न भेटिने सम्भावना त्यतिकै छ, भने जीर्णोद्धारमा यस्ता सामाग्रही हराउन र मासिन नपाउन भनि त्यतिकै सजगता अपनाउनुपर्ने देखिएको स्थानीयको भनाइ रहेको अाजको गोरखापत्रमा समाचार छ ।

श्री ३ जंग संस्थानका अध्यक्ष ७८ वर्षीय यमजीप्रताप जंगबहादुर राणा भन्दछन्’ देवस्थल स्थापना गर्दा जगमा नवरत्न, असर्फी, सिक्का राखेरै गरिने प्रचलन गरेकाले दवस्थलको जीर्णोद्धार गर्दा अमूल्य रत्न फेला पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।