0 COMMENTS

काठमाडौं, असोज ८ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउने भएको छ । प्राधिकरणले नेपालको चाडपर्वलाई लक्ष्यित गरेर लोडसेडिङ घटाउन लागेको हो । उक्त अवधिमा प्राधिकरणले दैनिक २ घन्टा मात्र लोडसेडिङ गर्ने तयारी गरेको हो । तर कुन कुन चाडसम्म लोडसेडिङ घट्ने प्राधिकरणले स्पष्ट पारेको छैन । हाल हप्तामा ४७ घण्टा लोडसेडिङ हुँदै आएको छ ।

प्राधिकरणले यसअघि पनि अघोषित रुपमा दसैंमा लोडसेडिङ घटाउने गरेको थियो। दशैँमा उद्योगधन्दाहरु कम सञ्चालन हुने भएकाले विद्युतको खपत पनि निकै घट्छ।

हाल भारतबाट दैनिक २ सय १३ मेगावाट विद्युत आयात भइरहेको छ। यसमध्ये ५० मेगावाट विद्युत आयात नगर्ने प्राधिकरणको तयारी छ । दशैँमा उद्योगधन्दामा विजुलीका खपत कम हुने भएपछि ढल्केबार मुजफ्फरपुर लाइनबाट ५० मेगावाट विद्युत आयात नगर्ने प्राधिकरणले तयारी गरेको छ ।

मुलुकभर विद्युतको दैनिक माग १ हजार ३५० मेगावाट छ। तर प्राधिकरणबाट ८२५ मेगावाट मात्र वितरण हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।