0 COMMENTS

gurunanakकाठमाण्डौ, ८ असोज । बालाजुस्थित ‘प्राचीन उदासीन गुरु नानक मठ’ संरक्षणको अभावमा सङ्कटमा परेको छ । करिब ५०० वर्षअगाडि ब्रह्महरि उदासीनले स्थापना गरेको धार्मिक सम्पदा अहिले जीर्ण बन्दै गएको छ ।

करिब ३५ रोपनीको क्षेत्रफलमा रहेको उक्त स्थान त्यस आसपास क्षेत्रका स्थानीय मानिस तथा खोला किनारामा बस्दै आएका सुकुम्वासीबाट समेत अतिक्रमणमा परेको छ । गत वर्षको भूकम्पका कारण महन्त बस्दै आएको कुटी चिराचिरा परेको छ । नित्य धार्मिक गतिविधि हुने सभा हलमा पनि केही समस्या देखा परेकाले सामान्य मर्मतको जरुरी छ ।

गुठी संस्थानले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको भएपनि त्यहाँका धार्मिक गतिविधि सञ्चालन गर्न सो रकम नपुग भएको महन्त नेममुनि उदासीनले जानकारी दिए ।

गुरु नानक मुक्तिनाथ क्षेत्रको दर्शन गरी फर्कने बेलामा ब्रह्महरि उदासीनको दर्शन गरी एकरात सोही स्थानमा बसेको जनविश्वास छ । गुरु गोविन्द दासका अनुसार ब्रह्महरि उदासीन अद्भुत शक्तिसहित विभिन्न चमत्कारिक कार्य गरी मानवसेवामा समर्पित हुनुभएको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।