0 COMMENTS

bimalandraकाठमाडौँ, ८ असोज – टीकापुर मुद्दा फिर्ता प्रकरणको विरोधमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सिंगो प्रहरी संगठन उभिएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि पछाडि हटेका छन्।

राजधानीमा शुक्रबार मन्त्री निधिले टीकापुर हत्यामा संलग्न अभियुक्तहरूको मुद्दा फिर्ता लिने निर्णय नभइसकेकाले मुद्दा फिर्ता नलिने बताए। राजनीतिक सहमतिको बहानामा टीकापुर नरसंहारमा संलग्न अभियुक्तहरूको मुद्दा फिर्ता लिने गृहमन्त्रीको तयारीको चौतर्फी आलोचना भइरहेका बेला उनले प्रहरी अधिकारीहरूसँग आफ्नो बचाउ गरेका हुन्।

गृहमन्त्रीले प्रहरीको मनोबल गिर्ने गरी कुनै घटनामा पनि मुद्दा फिर्ता नलिइने अनौपचारिक प्रतिबद्धता प्रहरी अधिकारीहरूसँग गरेका थिए।

आफू प्रधानमन्त्री बन्न पुष्पकमल दाहालले मधेस आन्दोलन र त्यसका परिणामलाई राजनीतिक घटनाक्रम भन्दै त्यस क्रममा लागेका झुटा मुद्दा फिर्ता गराउने सहमति मधेसी मोर्चासँग गरेका थिए। उनले पनि टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसमा संलग्न व्यक्तिको समेत मुद्दा फिर्ता हुने बताउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।