0 COMMENTS

 काठमाडौं,०७,असाेज / शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले ११ दलको दर्ता खारेज गरेको छ ।

निर्वाचन आयोगले नव नेपाल निर्माण पार्टी, जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल, तराई मधेश हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ॐ सेना नेपाल, नव जनवादी मोर्चा,नेपाल कम्युनिष्ट ( संयुक्त माक्र्सवादी), नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसंभ पार्टी, नेपाल दलित श्रमिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी,( एकिकृत) गरी ११ दहलरुको दर्ता खारेज गरेको हो ।

निर्वाचन आयोग ऐन,२०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम ती दलहरुको दर्ता खारेज गरिएको हो । आयोगले पटक पटक ती दलहरुलाई आयव्याय बुझाउँन सूचित गराउँदापनि जवाफ पठाउन आनाकानी गरे सँगै दर्ता खारेज गरिएको हो । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

त्यस्तै, आज बसेको निर्वाचन आयोगको बैठकले २०५८ सालको दफा १६ बमोजिम ८२ दलहरुलाई एक सय रुपैँया जरिवाना तिराउँन लगाएको छ । चित्त बुझ्दो विवरण आयोगलाई पेश नगरे सँगै उनीहरुलाई जरिवाना तिर्न लगाईएको हो । प्रवक्ता शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।