0 COMMENTS

 lokmanअसोज ७,काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति फाइल मन्त्रिपरिषदको कार्यलयमा भेटिएपछि सर्वाेच्च अदालतमा पेश गरिएको छ ।
यसअघि तीनपटक भन्दा बढी माग गर्दा पनि पठाएको थिएन । पछिल्लो पटक सरकारले भूकम्पमा हराएको भन्दै सर्वोच्चलाई जवाफ पठाएको थियो । तर सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमान सिंह कार्की नियुक्ति गर्दाका प्रक्रिया पूरा गरेको कागजात नदिए कारबाहीको भागिदार हुनुपर्ने चेतावनी समेत दिएको थियो । प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधिशद्धय विश्वम्भर श्रेष्ठ र सपना मल्लको इजलासले यस्तो फैसला गरेको थियो । अदालतले माग गरेबमोजिमको कागजात प्राप्त भएको सर्वोच्चका सह–प्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । “मन्त्रिपरिषद् कार्यालयबाट माग गरिएअनुसारका कागजात प्राप्त भएको छ,”उनले बाह्रखरीसँग भने । फाइल प्राप्त भएपछि लोकमान सिंह कार्कीको नियुक्ति संवैधानिक थियो कि थिएन भन्ने बहस हुनेछ । अधिवक्ता ओम प्रकाश अर्यालले उनको नियुक्ति गैर संवैधानि भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।