0 COMMENTS

gangfite-firlअसोज ६,ललितपुर/मदिरा सेवन गरी ग्याङफाइट गर्ने ७ युवती पक्राउ परेका छन् । बालकुमारीस्थित गुड विल डान्स बारमा मदिरा सेवन गरी छुट्टाछुट्टै समूह बनाई ग्याङफाइट गर्ने युवतीहरुलाई बुधबार राती ललितपुर प्रहरी पक्राउ गरेको हो ।

हिजो राती (बुधबार) श्रीया तामाङ, सन्जु गुरुङ, अनु गुरुङ, सुशीला तामाङको समूह र सोफिया तामाङ, रेश्मा थोकर, लक्ष्मी क्षेत्रीको समूहबीच ग्याङफाइट परेको थियो । उनीहरु सँगै बसेर मदिरा सेवन गरेका थिए ।

मदिरा लाग्न थालेपछि अपशब्द बोल्दै उनीहरुले केटाको कुरा निकालेका थिए । केटाको कुरा निस्कनासाथ उनीहरुबीच ग्याङफाइट सुरु भएको हो ।

सातदोबाटो प्रहरी चौकीका प्रमुख रामेश्वर यादवका अनुसार मदिरा सेवन गरी बियरका बोत्तलहरु प्रहार गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । स्थानीय सर्वसाधरण मानिसहरुलाई त्रसित गराई अशान्ति वातावरण सिर्जना गरेको भन्दै उनीहरुलाई थप आवश्यक अनुसन्धान गरी कारबाही गरिने उनले बताए । समाचार राताे पाटि

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।