0 COMMENTS

काठमाडौं, ५ असोज– माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आर्थिक अनियमिततामा संलग्न भएको आशंकामा लडाकु व्यवस्थापन र भरणपोषणमा संलग्न केही जिम्मेवार अधिकारीमाथि थप अनुसन्धान थालेको छ । तत्कालीन सेना समायोजन समितिमा रहेका राजनीतिक दलका प्रतिनिधिसहित केही कर्मचारीलाई अख्तियारले ३० दिनभित्र बयानका लागि उपस्थित हुन पत्र तयार पारेको छ ।

अख्तियार स्रोतका अनुसार विगतमा परेका उजुरी र अख्तियारले यसअघि गरेको फाइल अनुसन्धानका क्रमममा शंकाको घेरमा रहेका पदाधिकारीलाई बुधबार ३० दिनभित्र बयानका लागि आयेगमा उपस्थित हुन निर्देशनसहित पत्राचार गर्ने भएको छ ।
अनुसन्धान थालिएका व्यक्तिमाथि ३० दिनभित्र अनुसन्धान सक्ने र आयोगमा उपस्थित नहुने पदाधिकारीलाई सिधै भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरि सोहिअनुसार बयानका लागि उपस्थित हुन पत्र तयार पारिएको स्रोतको भनाई छ ।
बयानका लागि बोलाइएका व्यक्तिको पहिचान गोप्य राखेको अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लडाकु शिविर व्यवस्थापनसम्बन्धी निर्णय भएका र प्रक्रियासम्बन्धी सबै कागजात माग्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।