0 COMMENTS

मंगलबार, ४ असोज,काठमाडौंः पाँच वर्षको अवधिमा प्राचीन तथा पुरातात्विक महत्वका चार दर्जन बहुमूल्य मूर्ति तथा शिलालेख चोरी भएको छ । ०६८ सालयताको अवधिमा देशभरका मठ–मन्दिर तथा गुम्बारविहारबाट ४६ वटा मूर्ति सहितका प्राचीन शिलालेख हराएको हो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार चोरीमा संलग्न कतिपय अभियुक्त पक्राउ परे पनि हराएका मूर्ति अझै भेटिएका छैनन् । सबैभन्दा बढी उपत्यका तथा आसपासका क्षेत्रबाट प्राचीन सम्पत्ति चोरी हुने गरेको पाइएको छ 1474339342murti

प्रहरी तथा पुरातत्व विभागका अधिकारीहरू नेपाल घुम्न आउने बहानामा विदेशीले आपराधिक तथा संगठित गिरोहमार्फत मूर्ति किन्ने गरेको बताउँछन् ।

प्रहरी प्रवक्ता डीआईजी माधवप्रसाद जोशीका अनुसार आव ०६८ र ६९ मा ११ वटा मूर्ति हराएका थिए । उनका अनुसार ०६९ मा ९, ०७० मा १० तथा आव ०७१ र ७२ र २०७२र७३ मा ८ र ८ वटा मूर्ति हराएका छन् ।

“हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित प्राचीन सभ्यता झल्काउने मूर्ति तथा शिलालेख चोरीमा संगठित गिरोह नै लागि परेको प्रहरी अनुसन्धानले देखाउँछ,” प्रवक्ता जोशी भन्छन्, “त्यस्ता गिरोहका गतिविधि नियन्त्रण गर्न देशभर प्रहरीको सक्रियता बढाइएको छ ।”

मूर्ति चोरीविरुद्धको कारबाहीका क्रममा नेपालमा रहेका विदेशीमाथि पनि निगानी बढाइएको जोशीको भनाइ छ । विगतको तुलनामा मूर्ति चोरीका घटनामा कमी भएको उनी बताउँछन् । जोशीका अनुसार विशेष गरी सुरक्षाकर्मीको आवत–जावत नहुने स्थान र रातको समयमा मूर्ति तथा प्राचीन सभ्यतासँग सम्बन्धित वस्तु चोरी हुने गरेको छ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल चोरिएका मूर्ति गिरोहमार्फत विदेशमा पुगेको हुनसक्ने बताउँछन् । उनका अनुसार नेपाल घुम्न आएका विदेशी पर्यटकको मूर्ति चोरी र किनबेचमा संलग्नता हुन सक्छ ।

“नेपालको कलासंस्कृति, धर्म तथा सभ्यता झल्काउने हिन्दू तथा बुद्ध धर्मका बहुमूल्य मूर्ति चोरीमा अन्तरराष्ट्रिय आपराधिक सञ्जालकै संलग्नता हुनसक्छ,” महानिर्देशक दाहाल भन्छन्,“कतिपय चोरीमा पर्यटकको आवरणमा आएका विदेशीसमेत मुछिएका छन् ।”

नेपाल बसाइका क्रममा विदेशी नागरिकका गतिविधि माथिसमेत सूक्ष्म निगरानी आवश्यक रहेको उनको भनाइ छ । मठ–मन्दिर, गुम्बारविहार तथा स्मारकको सुरक्षामा ध्यान दिन आवश्यक रहेको उनको टिप्पणी छ ।

नेपालबाट हराएका मूर्ति विदेशी संग्रहालयमा समेत देखिने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । विदेश पुगेका मूर्ति फिर्ता गर्न कूटनीतिक पहल आवश्यक रहेको ती अधिकारीको भनाइ छ । उत्तरी कम्बोडियाबाट हराएको महाभारतकालीन दुर्योधनको ढुंगाको मूर्ति ५० वर्षपछि फेला परेको थियो ।

अमेरिकामा भेटिएको करिब १६ लाख डलरबराबरको उक्त मूर्ति अमेरिकी अदालतको फैसलाअनुसार गत वैशाखमा कम्बोडियाली सरकारले फिर्ता पाएको थियो ।

“नेपालले पनि विभिन्न मुलुकमा पुगेका मूर्तिहरू फिर्ता गर्न बलियो कूटनीतिक लविङ आवश्यक छ,” मूर्ति चोरीविरुद्धको कारबाहीमा संलग्न प्रहरी अधिकारी भन्छन्, “झट्ट हेर्दा मूर्ति हराउनु सामान्य जस्तो लागे पनि देशाकै पहिचान र सभ्यता झल्काउने वस्तु भएकाले यसप्रति सरकार संवेदनशील बन्न आवश्यक छ ।”

कतिपय मूर्ति पुजारी र गिरोहकै मिलेमतोमा पनि चोरी हुने गरेको ती अधिकारी बताउँछन् । अाजकाे काराेवार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।