४,असोज,काठमाण्डौं / लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्रका २१ जना नेतालाई जेल पठाउने योजनाको गम्भीर खुलासा भएको छ ।
चारदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न बसेको माओवादी केन्द्रको बैठकमा आफूसहित माओवादीका २१ नेतालाई अख्तियार लगाएर जेल हाल्ने षडयन्त्र भइरहेको खुलासा गरेको एक नेताले बताए ।
प्रचण्ड भारत भ्रमणमा गएको मौका छोप्दै एकाएक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा छानविन अघि बढेको जानकारी दिँदै नेताहरुलाई वयानका लागि उपस्थित हुन निर्देशन जारी गरेको थियो ।
अख्तियारले लडाकु शिविरको भ्रष्टाचार प्रकरण उल्ट्याएपछि यसलाई व्यवस्थापन गर्न प्रचण्डले एकाएक अमेरिका भ्रमण समेत रद्ध गरेका थिए ।
आइतबारको वैठकमा प्रचण्डले लडाकु शिविरको भ्रष्टाचार प्रकरण अगाडि ल्याउन अख्तियारलाई एमालेले उकासेको आरोप पनि लगाएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार लडाकु शिविरको अनियमिततामा मुछिएका प्रचण्डसहित २१ जना पूर्व लडाकु कमाण्डरमाथि छानविन गर्ने षड्यन्त्र रहेको प्रचण्डले बताएका थिए ।
लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा आफूसहित पार्टीका २१ नेतामाथि छानविन थालेपछि प्रचण्डले अख्तियारले गर्ने कारवाहीलाई ब्यवस्थापन गर्न केही कदम चाल्ने तयारी गर्ने बताएका थिए ।
विश्स्त स्रोतका अनुसार लडाकु शिवि भ्रष्टाचार प्रकरणमा अख्तियारले प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी नेता वर्षमान पुन, ऊर्जामन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाललाई एक महिना भित्र उपस्थित हुन भन्दै पत्र काटेको छ ।