0 COMMENTS

2-5
काठमाडौं, ४ असोज ।
राजधानीका विभिन्न विद्यालयमा मंगलबार बिहानै बम बिष्फोट भएको थीयाे । प्रहरीका अनुसार बम बिष्फोट भएका स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको छ ।

राजधानीको बौद्धस्थित आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्चमाविमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । बिष्फोटबाट मानवीय क्षति नभए पनि केही भाैतिक संरचनामा सामान्य क्षतिपुगेको छ । विद्यालयको गाडीमा सामान्य क्षति पुगेको विद्यालयका प्राचार्य भवानी प्रसाद पौडेलले बताए ।

यसैगरी दक्षिण ढोका, जोरपाटी र ललितपुरको सानेपाका केहि विद्यालयमा पनि प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ । शंस्कास्पद वस्तु रहेका अन्य विद्यालयमा सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय बनाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

बम विस्फोट गराउने समुहलाइ काे खाेजी भइरहेकाे र संकास्पद १ ब्यक्ती लाइ प्रहरीले नीयन्त्रणमा लीयकाे   प्रहरीले जनाएको छ । विष्फोट कसले र किन गराएको भन्ने बारेमा केही खुलेको छैन । विष्फोटको जिम्मा पनि अहिलेसम्म कसैले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।