0 COMMENTS

सोमबार ०३, असोज २०७३/भगवान शिव सर्वस्वीकार्य हुन सकेका छैनन् भने नेपालको संविधान सर्वस्वीकार्य बनाउ भन्नुको तात्पर्य के हो ?’ मोदीलाई प्रश्न गर्दै ओलीले भने ‘यो नितान्त नेपालको आन्तरिक मामिला हो, हामी कसैको हस्तक्षेप र कप्टी सुझाव मान्न बाध्य छैनौ ।’

‘बाँया हातमा हरियो घाँस देखेर हाम फाल्नेहरुले दायाँ हातमा धारिलो हतियार देखेनन्, म्याँ म्याँ गर्दै पछि दौडिए’ प्रचण्डले भारतीय इशारामा आफ्नो सरकार ढालेको तर्फ संकेत गर्दै ओलीले भने ‘नेपालमा भात खाएर दिल्लीमा हात चुट्न पुग्नुको कारण नेपाल जनतलाई बताउनु पर्छ ।

‘बेमानको निम्तो मानेर मधेसी दलले गोप्य कोठामा तीन बुँदे सहमति गरेउ, अब खाउ बेमानीको निम्तो’ ओलीले भने ‘जो संग सम्झौता गरेका थियौ उसैसँग संविधान संशोधनको अधिकार माग एमालेले दिन सक्दैन ।’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौको बसन्तपुरबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वस्वीकार्य संविधानको औचित्य पुष्टी गर्न चुनौति दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका बेला मोदीले नेपालको संविधान सर्वस्वीकार्य बनाउन आग्रह गरेका थिए । तर एमाले अध्यक्ष ओलीले विष्णु, शिव भगवान र गिता, पुरान, बाइवल जस्ता धार्मिक ग्रन्थहरु सर्वस्वीकार्य नभएका बेला राजनीतिक दस्ताबेज संविधान सर्वस्वीकार्य हुन नसक्ने बताए ।

‘भगवान शिव सर्वस्वीकार्य हुन सकेका छैनन् भने नेपालको संविधान सर्वस्वीकार्य बनाउ भन्नुको तात्पर्य के हो ?’ मोदीलाई प्रश्न गर्दै ओलीले भने ‘यो नितान्त नेपालको आन्तरिक मामिला हो, हामी कसैको हस्तक्षेप र कप्टी सुझाव मान्न बाध्य छैनौ ।’ ९२ प्रतिसत जनताका प्रतिनिधिले बताएको संविधानलाई अझै सर्वस्वीर्य बनाउ भन्ने मोदीले आफ्नो देशको संविधानमा आँखा लगाउन ओलीले आग्रह समेत गरे ।

ओलीले वर्तमान प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्रीले भनेका सवै कुरा मानेर नेपालमा भारतीय हस्तक्षेप बढाएको आरोप समेत लगाए । ‘जुन पैसामा झिंगा बस्छ, त्यही पैसा दाउ लगाउने नेपालको संविधान झिंगे दाउ खेल्ने दस्तावेज होइन’ ओलीले भने ‘विदेशीको इशारामा नेपालको संविधान हुँदैन ।

ओलीले वर्तमान प्रधानमन्त्री प्रचण्ड विगतमा लोभ,लालचमा फसेको र अहिले भारतीयको एसम्यान भएको आरोप लागए । ‘बाँया हातमा हरियो घाँस देखेर हाम फाल्नेहरुले दायाँ हातमा धारिलो हतियार देखेनन्, म्याँ म्याँ गर्दै पछि दौडिए’ प्रचण्डले भारतीय इशारामा आफ्नो सरकार ढालेको तर्फ संकेत गर्दै ओलीले भने ‘नेपालमा भात खाएर दिल्लीमा हात चुट्न पुग्नुको कारण नेपाल जनतलाई बताउनु पर्छ ।

भारतको र नेपालको बिदेश नीतिमा सहकार्य गर्ने गरी प्रधानमन्त्री दाहालले सम्झौता गरेको भन्दै एमालेले आपत्ति समेत जनाएको छ । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री दाहालको कडा आलोचना गरेका छन् । ‘भारत र नेपालको विदेश नीतिमा सहकार्य गर्ने भन्नुको तात्पर्य के हो ?’ पहिलो पटक प्रचण्डप्रति कडारुपमा प्रस्तुत भएका उपाध्यक्ष गौतमले भने ‘प्रधानमन्त्रीले राष्ट्रघाति सम्झौता गरेर आउनु भएको छ त्यसको हामी कडा विरोध गछौ ।’

एमालेको जनसभामा प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री र मधेसी मोर्चाका नेताहरु निशानामा परे । ‘जसले नेपालको संविधान मान्दैन, त्यो नेपाली होइन’ कार्यक्रममा एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री सत्यनारायण मण्डलले भने ‘मधेसका केही ठालुहरु भारतीय उक्साहटमा आन्दोलन गरेका मात्र हुन उनीहरुले मधेसको प्रतिनिधत्व गर्न सक्दैनन् ।’

मधेसी मोर्चाका नेताहरुलाई उपाध्यक्ष बामदेव गौतम र अध्यक्ष ओलीले पनि कडा विरोध गरे । ‘बेमानको निम्तो मानेर मधेसी दलले गोप्य कोठामा तीन बुँदे सहमति गरेउ, अब खाउ बेमानीको निम्तो’ ओलीले भने ‘जो संग सम्झौता गरेका थियौ उसैसँग संविधान संशोधनको अधिकार माग एमालेले दिन सक्दैन ।’yeskathmandu

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।