0 COMMENTS

saptakoshiकाठमाडौं, ३ असोज । सुनसरी महेन्द्रनगरका नेपाल केबिरथलाई छरछिमेकले खासै मन पाउँदनथे, दिउँसै रक्सी खाने उनको स्वभावको कारण । तिनै केबिरथ यतिबेला गाउँलेको प्रिय बनेका छन् ।

केबिरथ मात्र होइन, महेन्द्रनगर गाविस ठाकुरबारीका अमृत खड्का, रामचन्द्र मोची, रोजन राई र बाबुराम चन्द्रवर्शीले गाउँमा बहादुर युवाको परिचय बनाएका छन्, शनिबारदेखि ।

सप्तकोशीमा शनिबार डुंगा दुर्घटनामा परेका २९ जनालाई एकैसाथ सकुशल उद्दार गरी यी पाँच युवाले सबैको वाहवाही बटुले ।

मृत्युको मुखमा पुगेका २९ जनालाई उद्दार गरी बचाएपछि केबिरथलाई गाउँलेले ‘नेपाल भाइ’ भनेका बोलाउन थालेका छन् ।

‘दिउँसै रक्सी खाँदा गाली गर्थ्यौं,’ इन्द्र राईले भने, ‘शनिबार उनल साहसिक काम गरेर गाउँको इज्जत राखे ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।