0 COMMENTS

pomegranate-71815911अनार सेवनले बढ्दो उमेरसंगै देखिने समस्या कम गर्छ र जवान रहन मद्दत गर्च। यो फाइबर, भिटामिन सी र एन्डिअक्सिडेन्टको राम्रो स्रोत हो, जसले कमजोरी हुन दिदैन र मुटुसम्बन्धि समस्याबाट पनि बचाउँछ।

१. अनारले शरिरको फ्याट कम गर्छ र तौल कम गर्न मद्दत गर्छ।
२. अनारको जुसमा अधिक फाइबर हुन्छ। दैनिक अनार वा यसको जुस सेवनले पाचन प्रक्रिया ठिक रहन्छ साथै कब्जियत हुन पाउँदैन।
३. अनारले शरिरमा कोलस्टोरको स्तर नियन्त्रणमा राखि मुटुको समस्याबाट बचाउँछ।

४. यसमा अधिक पाइने भिटामिन ईले अनुहारमा चाउरी कम गर्छ।
५. अनारमा भिटामिन ए प्रशस्त पाईन्छ। आँखाको ज्योतिको लागि अनार खानुस्।

६. यसमा पाइने आइरनले शरिरमा रगतको कमी (एनीमिया) हुन दिदैन।

७. अनारमा पाइने भिटामिन सीले शरिरमा उर्जा दिन्छ साथै कमजोरी हुन दिदैन।

८. अनारमा पाइने एन्टिअक्सीडेन्टस्ले डन्डिफोर कम गर्न पनि सहयोग गर्छ।
९. अनारको जुस पिउँदा रोग प्रतिरोध क्षमता बढ्छ।

१०. अनारले मृगौला सम्बन्धि समस्या कम गर्न पनि मद्धत गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।