0 COMMENTS

prachandaकाठमाडौं २, असाेज / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको चार दिने राजकीय भ्रमण सकेर आज( आइतबार) स्वदेश फिर्ता भएका छन् ।

भारतीय घरेलु उद्योग राज्यमन्त्री गिरीराज सिंहले प्रधानमन्त्री प्रचण्डको बिदा कार्यक्रम गरेका हुन् । आइतबार दिउँसो नेपाल एयरलाइन्सको विमान बाट प्रधानमन्त्री प्रचण्डलत्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँ आइपुगेका छन् ।प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा त्यहाको उच्च नेतृत्वसँग भेटवार्ता गरेका छन् ।

राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । साथै भूकम्पपछिको पुननिर्माण र हुलाकी राजमार्ग निर्माण सम्बन्धी तीन बुँदे सम्झौतामा हस्ताक्षर भएको छ भने दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तव्य समेत जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।