0 COMMENTS

14388829_1285544581464945_949006971_n 14365311_1285544578131612_1366355586_nकाठमाडौ , १असोज। बुढानिलकण्ठ युथ सोसाइटीको आयोजना भाद्र ०४ गतेदेखि शुरु भएको १ महिने नगरब्यापी सरसफाइ अभियान समापन भएको छ। बुनपाका कार्यकारी अधिकृत बिश्वराज मरासैनीको प्रमुख आतिथ्यतामा बुनपा -१ स्थित बुढानिलकण्ठ मन्दिर परिसरमा अभियानको समापन भएको हो।

कार्यक्रमका प्रमुख अतिथी बिश्वराज मरासैनीले समाजमा चेतना भएका भनिएका साक्षर युवा हरुको जमातले सरसफाइ जस्तो महत्वोपुर्ण कार्यलाई हेलाको दृष्टिले हेर्नू दुर्भाग्यपूर्ण भएको बताउनु भएको थियो भने अभियान आयोजक संस्था लाई खुलेर प्रशंसाा गर्दै अभियान समापन होइन नगरपालिका समेत को सहभागीतामा क्याम्पियन शुरु भएको घोषणा ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा एमाले नगर प्रतिनिधि बिदुर बिक्रम खड्का, राप्रपा नेपालका उपत्यका संयोजक सकुल शाह, नेपाल कोरिया कल्चरल एसोसिएसन अध्यक्ष अक्कल तामाङ , सनातन धर्म समाज का सचीव जयराम खड्का लगाएतले अभियान को प्रशंसा गर्दै अभियान मा आफुहरु को समेत साथ निरन्तर रहने धारणा ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता संस्था का अध्यक्ष कर्ण तामाङ ले गर्नु भएको थियो भने सन्चालन सचीव पुरुषोत्तम सापकोटा ले गर्नुभएको थियो । त्यस्तै कार्यक्रम मा स्वागत मन्तव्य संस्था का उपाध्यक्ष आश्विन श्रेष्ठ ले राख्नु भएको थियो । बुढानिलकण्ठ युथ सोसाइटी छोटो समयमा आफुलाई स्थापित गर्न सफल संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।