0 COMMENTS

बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन् ।

आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्र्याउने गृहकार्यमा ती बैंक जुटेका हुन् ।नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले विदेशी डलर ल्याउने गृहकार्य अघि बढाएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दिएका छन् ।पछिल्लो दुई महिना नेपाली बजारमा नगद डलर अभाव चुलिएको पछि सिंगापुरको सिआइएमबी बैंकबाट राष्ट्रबैंकको नाममा रहेको खाताबाट नेपालमा कार्गो गरेर एक करोड डलर ल्याउन लागिएको हाे ।

‘विदेश जाने सबैले नगद डलरको माग नर्ग थालेपछि डलर अभाव भएको छ, यसको पूर्तिका लागि चार वाणिज्य बैंकले विदेशबाट कार्गौ गरेर डलर ल्याउने गृहकार्य अगाडि बढाएका छन् ,’ कार्यकारी निर्देशक ढुंगानाले बताए ।

सबै बाणिज्य बैंकको विदेशी बैंक खातामा विदेशी मुद्रा राख्ने गरेका हुन्छन् । केही दिनयता नेपाली बजारमा डलरको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।