0 COMMENTS

uma-regmiकाठमाडौँ, १ असोज/नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनबाट उमा रेग्मी विजयी भएकी छिन् । सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको संयुक्त प्यानलबाट चुनावी मैदानमा उत्रिएकी रेग्मीले ९९८ मत ल्याइन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट चुनाव लडेकी मिना पाण्डे ७९७ मत ल्याएर पराजित भएकी हुन् ।

यसैगरी महासचिव र कोषाध्यक्षमा पनि संस्थापन प्यानलबाट क्रमशः धना खतिवडा र जानकी सिंह विजयी भएका छन् । महासचिव र कोषाध्यक्षमा पराजित हुनेमा नेता पौडेल प्यानलबाट क्रमशः गोमा केसी र कुसुमदेवी थापा रहेका छन् ।

शुक्रबार राति मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । दुई हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा एक हजार ८१४ जनाले मतदान गरेका थिए । कुल ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए ।

निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति, दलित, मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा अध्यक्ष एक पदका लागि दुई, महासचिव एक पदका लागि दुई, कोषाध्यक्ष एक पदका लागि दुई, खुला केन्द्रीय सदस्य २२ पदका लागि ४७, जनजाति तीन पदका लागि ११, मधेसी तीन पदका लागि सात र मुस्लिम एक पदका लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।