0 COMMENTS

indraकाठमाण्डौ, ३१ भदौ । काठमाण्डौको उत्तर–पश्चिममा रहेको इन्द्र दहमा स्नान गर्नका लागि भक्तजनको शुक्रबार विशेष घुइँचो लागेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन त्यहाँ स्नानका लागि भक्तजनको मेला लाग्ने गर्दछ । गएराति हनुमानढोकाबाट विधि विधानपूर्वक ढोल र तरबार त्यहाँ पुर्याएपछि मेला सुरु भएको हो ।

काठमाडौँबाट करिब १३ किमी उत्तर–पश्चिमतर्फ पर्ने उक्त स्थानमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास छ । इन्द्रले आफ्नो माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाण्डौ उपत्यकामा आएको समयमा सोही दहमा स्नान गरेको विश्वास छ ।

स्थानीय वसन्तपुर आसपास क्षेत्रमा इन्द्रले फूल चोरी गरेको अभियोगमा त्यस क्षेत्रका बासिन्दाले सजायस्वरुप इन्द्रलाई समातेर बाँधेका थिए । स्थानीयवासीले समातिएका ती व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छोडेर वर्षमा एकपटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको विश्वास छ ।

इन्द्र दह एकता क्लबका अध्यक्ष रोशन दानीले इन्द्रजात्राको समयमा पर्ने सो मेलामा इन्द्र दह र इन्द्रजात्राका बीच केही सम्बन्ध रहेको बताउँदै त्यहाँ स्नान गरेमा चर्मरोग निको हुने, पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास रहेको बताए।

काठमाण्डौ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट समेत भक्तजन कोही स्नान गर्न त कोही घुम्ने उद्देश्यले मेला भर्न आउने गर्दछन् । साँझसम्म करिब ५० हजार भक्तजन सहभागी हुने बताइएको छ ।

अध्यक्ष दानीले सर्वसाधारणको स्नानका लागि बिहानैदेखि दह खुला गरिएकाले साँझसम्म खुला गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।