0 COMMENTS

काठमाडौं, ३१ भदौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सो पदमा नियुक्त गर्दाको सक्कल फाइल फेला नपरेको भनेर सरकारले दिएको जवाफ गैरजिम्मेवारपूर्ण भएको ठहर गरेको छ ।

साथै सर्वोच्चले यसअघि नै दिएको आदेश अनुसार अबको ७ दिनभित्र सो फाइल उपलब्ध नगराए न्याय तथा प्रशासन ऐनअनुसार कारबाही गर्ने फैसलासमेत गरेको छ ।

यसअघि सरकारले कार्कीको नियुक्तिसँग सम्बन्धी निर्णयको फाइल भूकम्पका कारण फेला पार्न नसकेको जवाफ दिएको थियो ।

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त कार्कीलाई नियुक्त गर्ने निर्णयको सक्कल कागज र २०६३ सालमा कार्कीलाई सोधिएको स्पष्टीकरण पत्र पेश गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।