0 COMMENTS

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच तीन बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा शुक्रबार तीन बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताको पहिलो बुँदामा हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सल्टेन्सी सर्भिसको विषय उल्लेख छ । यस्तै दोस्रो र तेस्रो बुँदामा नेपालमा गएको विनाशकारी भूकम्पपछिको पुन:निर्माणमा सहुलियतपूर्ण ऋण दिनेसम्बन्धी विषय छ ।

सम्झौताअनुसार भारतले पुन:निर्माणका लागि नेपाललाई ७ सय ५० मिलियन डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।