0 COMMENTS

भदौ – ३० । सप्तरीमा दाइजो नल्याएको झोकमा बुहारीको हत्या गर्ने सासुलाई जेल चलान गरिएको छ । सप्तरीको बोदे बर्साइन–६ की मदिना भनिने सबिरन खातुनलाई पक्राउ गरी जेल चलान गरिएको छ ।

सामाजिक परम्पराअनुसार २०६२ सालमा विवाहित फतमाको एक छोरा र एक छोरी छन्। माइतबाट एक लाख रुपैयाँ ल्याउन सबिरनले अस्विकार गरेपछि दरगुले घाँटीमा सलले बाँधेर ०७० साउन ३० गते उनको हत्या गरेका थिए ।

बुधबार सप्तरी जिल्ला अदालतको फैसलाले उनलाई तीन वर्षका लागि राजविराज कारागारमा थुनामा पठाएको छ । तत्कालीन जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुको इजलाशले ०७१ चैत १९ गते सबिरन र उनका पति ६० वर्षीय गफुर मियाँलाई जनही तीन वर्ष तथा छोरी १५ वर्षीया ऐसा खातुनलाई ६ महिना कैद सजायको फैसला गरेको थियो हो ।

घटनापछि हालसम्म फरार रहेका मृतकका पति ३० वर्षीय मुर्तुजा भनिने दरगु मियाँको हकमा मुद्दा मुल्तबी राखिएको अदालतले जनाएको छ । फतमाको हत्या पश्चात मुर्तुजा फरार छन् ।

तत्कालीन प्रहरी निरीक्षक जितेन्द्र भट्टराईका अनुसार नाबालक छोराछोरीकै वयानका आधारमा आरोपितहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भई कारवाही प्रकृया अगाडि बढाइएको थियो । हत्या आरोपमा ०७० साउन ३० गते राति पक्राउ परेका मृतकका ससुरा गफुर ४५ हजार धरौटी राखी यस अघि नै तारेखमा रिहा भएपछि फरार छन् भने अदालतमा हाजिर भएकी ऐसा ०७० पुस १ गते पाँच हजार धरौटी राखी तारेखमा रिहा भएपछि फरार छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।