0 COMMENTS

काठमाडौं, ३० भदौ । संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादव अचेल बिहानै राजधानीको टंगालस्थित लक्ष्मी आश्रम पुग्छिन् । रेणु मात्र होइन, विभिन्न ६ ठूला दलका गनेमाने नेता दिनहुँ सखारै टंगाल पुग्छन् ।

नेताहरू त्यहाँ कुनै राजनीतिक भेटघाट वा भेटवार्ताका लागि भेला भएका होइनन् । उनीहरू शारीरिक एवम् मानसिक स्फुर्तीका निम्ति योग गर्न धाइरहेका छन् । योग कक्षाको सम्भव भने डेनमार्क सरकारको सहयोगमा सम्भव भएको हो ।

बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म दैनिक दुई चरणमा सञ्चालन हुने योग कक्षामा प्रवचन दिइन्छ। साना-साना सहयोगमा पनि विदेशी मुख ताकिरहेको आरोप लागेका नेता विदेशी सहयोगमा सञ्चालित योग साधनामा सहभागी भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।