0 COMMENTS

gangamaya काठमाण्डाै२९, भदाै/ विगत केही दिनदेखि आमरण अनशनमा रहेकी गङ्गामाया अधिकारीले अनशन तोडेकी छिन् ।

एक महिनादेखि औषधि र स्लाइन समेत नलिइकन वीर अस्पतालमा नै आमरण अनशन सुरु गरेकी गङ्गामायाले बुधबारबाट अनशन तोडेकी छिन् ।विस २०६१ मा मारिएका आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनशनरत गङ्गामायाले अदालतको बयानका लागि अनशन तोडेकी हुन् ।

गंगामायाका तर्फबाट उक्त मुद्दा हेर्दै आएका कानुन व्यवसायी तथा मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार यही असोज २ गते चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक प्रमुख आफैँ गङ्गामायाको बयान लिन आउने भएपछि आफूहरुको आग्रहमा उनले अनशन तोडेकी हुन् ।उनले भने–‘बयान दिनकै लागि भए पनि बोल्नसक्ने अवस्थामा हुनुपर्ने भएकाले हामीले सास रहे न्याय पाइन्छ भनेर नै उहाँलाई अनशन तोड्न लगाएका हौँ ।

विसं २०७२ पुस ६ गते सर्वोच्च अदालतले आरोपीमध्येका एक छविलाल पौडेललाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि सो आदेश कार्यान्वयन भएको थिएन ।मानवअधिकारकर्मीको निरन्तर दबाबमूलक कार्यक्रमपछि चितवन अदालतका प्रशासनिक प्रमुख आफैँ काठमाडौँ आएर गङ्गामायाको बयान लिन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।