0 COMMENTS

काठमाडौं, २९भदौ /जिल्ला विकास समिति काठमाडौंको सहयोगमा दुई सय छात्रालाई साइकल वितरण गरिएको छ । काठमाडौंको पद्मकन्या मावि डिल्लीबजारमा अध्ययनरत दुई सय विद्यार्थीलाई कांग्रेस नेता प्रकाशमान सिंहले साइकल वितरण गरेका हुन् ।

विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताएका थिए । उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि आवश्यक शैक्षिक वातावरण निर्माण गर्नसकेमात्र सन्तोषजनक नतिजा आउने बताए । यस्तै उनले देशमा अब संविधान कार्यान्वयन र संविधानले परिकल्पना गरेअनुरुप ऐननिर्माण गर्न दलहरु एकजुट हुनुपर्ने पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।