0 COMMENTS

काठमाण्डाै २९,भाद्र/ गायक, एरेन्जर तथा गिटारिस्ट सुनिल बर्देवाको ४४ वर्षको उमेरमा मंगलबार साढे ८ बजे निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बर्देवाको निधन भएको गायक प्रमोद निर्वाणले जानकारी दिए । निर्वाण बर्देवाका फूपूका छोरा हुन् ।

केही समयदेखि जण्डिसबाट पीडित गायक बर्देवाले धुम्बाराहीस्थित घरमा असहज महसुस गरेपछि आफन्तले मंगलबार साँझ शिक्षण अस्पताल पुर्‍याएका थिए । पुरानो महाराजगञ्जस्थित घर छाडेर केही समयदेखि बर्देवा धुम्बाराहीमा बसोबास गरिरहेका थिए ।

उनका दुई छोरी र एक छोरा छन् । तीनै जना नारायगढस्थित मामाघरमा बसेर पढिरहेका छन् । चितवनबाट उनका तीन सन्तान काठमाडौं आएपछि बुधबार उनको अन्त्येष्टि गरिने सल्लाह भएको निर्वाणले बताए ।

उनी केही समयदेखि बानेश्वरस्थित ब्ल्याक पेपड स्टुडियोमा एरेन्जरको रुपमा कार्यरत थिए । कुनै समय गोरेटो अनि उस्तै छ गल्ली बोलको गीतबाट चर्चा पाएका उनको ४ एल्बम सार्वजनिक भएका छन् भने उनले हजार भन्दा बढी गीतमा एरेन्जरको रुपमा काम गरेका छन् ।उनले निमा रुम्बा, नविन के. भट्टराई, राजु लामाजस्ता चर्चित गायकका एरेन्जरको रुपमा काम गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।