0 COMMENTS

काठमाडौँ २८,भदाै/ इन्द्रजात्रा आजदेखि औपचारिक रुपमा सुरु भएको छ । हनुमानढोकमा आज ३२ फिटको लिङ्गो उठाएर इन्द्रध्वजा फहराएर जात्रा सुरु गरिएको हो ।

भक्तपुरको चित्तपोलस्थित जङ्गलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो)लाई नेपाली सेना, सशस्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो । उक्त लिङ्गो उठाउने क्रममा आज दुर्घटना भई काम रोकिएको केहीबेर पछि पुनः उठाइएको थियो ।

लिङ्गो उठाउँदा विशेष बाजागाजासहित गुर्जको पल्टनले तोप पड्काएको थियो । यही भदौ ३० गते काठमाडौँ उपत्यकामा इन्द्रजात्राका अवसरमा सार्वजनिक बिदा समेत दिइएको छ ।

काठमाडौँ उपत्यकामा मनाइने पर्वमध्ये सो जात्रा ठूलो पर्व हो । राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य विशिष्ट व्यत्तिबाट कुमारीको दर्शन पश्चात् गणेश, कुमारी र भैरवको रथयात्रा गरिन्छ । स्थानीय मजिपा लाखेले गणेश, भैरव र कुमारको रथ यात्रामा घुमाइने चलन छ ।

करिब एक सातासम्म सञ्चालन हुने सो जात्रामा काठमाडौँका विभिन्न स्थानमा भिन्न किसिमका लाखे नाच गरिन्छ । रासस
काठमाडौँ । इन्द्रजात्रा आजदेखि औपचारिक रुपमा सुरु भएको छ । हनुमानढोकमा आज ३२ फिटको लिङ्गो उठाएर इन्द्रध्वजा फहराएर जात्रा सुरु गरिएको हो ।

भक्तपुरको चित्तपोलस्थित जङ्गलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो)लाई नेपाली सेना, सशस्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो । उक्त लिङ्गो उठाउने क्रममा आज दुर्घटना भई काम रोकिएको केहीबेर पछि पुनः उठाइएको थियो ।

लिङ्गो उठाउँदा विशेष बाजागाजासहित गुर्जको पल्टनले तोप पड्काएको थियो । यही भदौ ३० गते काठमाडौँ उपत्यकामा इन्द्रजात्राका अवसरमा सार्वजनिक बिदा समेत दिइएको छ ।

काठमाडौँ उपत्यकामा मनाइने पर्वमध्ये सो जात्रा ठूलो पर्व हो । राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य विशिष्ट व्यत्तिबाट कुमारीको दर्शन पश्चात् गणेश, कुमारी र भैरवको रथयात्रा गरिन्छ । स्थानीय मजिपा लाखेले गणेश, भैरव र कुमारको रथ यात्रामा घुमाइने चलन छ ।

करिब एक सातासम्म सञ्चालन हुने सो जात्रामा काठमाडौँका विभिन्न स्थानमा भिन्न किसिमका लाखे नाच गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।