0 COMMENTS

भदौ,२८ काठमाडौं / भारत भ्रमणबाट फर्कने क्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ ।

आज दिउँसो दिल्लीबाट आएको आर ए २०६ विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेपछि अवतरणका क्रममा टायर पड्किएको थियो । बिमान अहिले पनि धावन मार्गमै रहेको छ । टायर पड्किएपछि बिमान अनियन्त्रित भएपनि सबै यात्रु सकुशल रहेको बिमानस्थलले जनाएको छ ।

टायर पड्किएपछि मन्त्री महतसहितका यात्रुलाई बिमानबाट उत्रन झण्डै आधा घण्टा लागेको थियो । बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बिमानमा देखिएको समस्याबारे पत्रकारले सोधेको प्रश्नमा बोल्दै मन्त्री महतले त्यो आफ्नो विषय नभएको बताए । यसअघि नेपाल एयरलायन्सको आरए २१८ बिमान अस्ति दिल्लीमा आकस्मिक अवतरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।