0 COMMENTS

dharmaकाठमाण्डौ २७ भदौ । धार्मिक—आध्यात्मिक संघसंस्थाहरुको साझा संगठन सनातन हिन्दू मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलन सात बुँदे घोषणा पत्र जारी गर्दै शनिबार राजधानीमा सम्पन्न भएको छ । दुईदिन सम्म चलेको सम्मेलनले हिन्दू राष्ट्रको विरासतलाई पुनस्र्थापित गर्न सशक्त आन्दोलन गर्न धर्म रक्षा युवा परिषद् निर्माण गरेको छ ।
धर्म रक्षा युवा रक्षा परिषदको संयोजक दिपक थापालाई तोकिएको छ । थापाको नेतृत्वमा पाँच हजार युवाहरुलाई प्रशिक्षण दिईने छ । आगामी चैतसम्म युवादस्ता निर्माण तथा प्रशिक्षणका कार्यक्रम सम्पन्न गर्ने र बैशाख देखि हिन्दूराष्ट्रका लागि सशक्त आन्दोलन गर्ने प्रा डा माधब भट्टराईले बताए ।
धार्मिक—अध्यात्मिक शक्ति केन्द्र
मुलुकभरका दुईसयभन्दा बढि धार्मिक—आध्यात्मिक संघसंस्थाका प्रतिनिहिरुको सहभागितामा सम्पन्न सम्मेलनले सनातन हिन्दूराष्ट्र नेपाल निर्माणका लागि साझा धार्मिक—अध्यात्मिक शक्तिकेन्द्र निर्माण गर्ने घोषणा गरेको छ । पर्दा पछाडिका शक्तिको इशारामा नेपाललाई धर्मनिरेपक्ष राष्ट्र घोषणा गरिएको र त्यसका विरुद्धमा लड्न साझा शक्ति केन्द्रको निर्माण गर्ने निर्णय गरेको महासचिव भरतराज पौड्याले बताए ।
विश्वहिन्दू महासंघको चर्को आलोचना

विश्वहिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति डलरमा विक्री भएको र अन्तर्राष्ट्रिय मञ्चहरुमा हिन्दू राष्ट्रका पक्षमा आवाज उठाउन नसकेको, धर्मपरिवर्तनकारी शक्तिलाई सहयोग पुर्याएको तथा नौ बर्षसम्म संस्थाको अधिवेशन समेत नगरेको भन्दै सम्मलेलनले विश्वहिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको चर्को आलोचना गरेको छ ।
विश्वहिन्दू महासंघ राष्ट्रिय समितिका अध्यक्षद्धय निलप्रसाद भण्डारी र डा रामचन्द्र अधिकारीले समेत अन्तर्राष्ट्रिय समितिको निरंकुश कार्यशैलीप्रति कटु आलोचना गरेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै सनातन हिन्दू मोर्चाका प्रवक्ता पुष्पराज पुरुषले आगमी कार्तिक मसान्त भित्र विश्वहिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिलाई सच्चिने अन्तिम मौका दिने र कातिक समान्तभित्र पनि नसच्चिए फागुनमा धार्मिक संघसंस्थाहरुको महासम्मेलन गरेर वर्तमान कार्यसमितिलाई अपदस्त गरेर नयाँ कार्यसमित ल्याउने चुनौति दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।