0 COMMENTS

काठमाडौं, २७ भदौ । दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमानमा समस्या देखिएपछि आकस्मिकरुपमा दिल्लीमा अवतरण गरिएको छ ।

१६० यात्रु लिएर दिल्लीबाट राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा उडान भरेको ३२ मिनेटमै समस्या देखिएको थियो । विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो । विमानको पखेटा नखुलेपछि विमान फिर्ता लगिएको हो ।

विमानमा समस्या आएपछि पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्राेलमा जानकारी गराएका थिए । विमानलाई तत्काल इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा फर्काएर अवतरण गराइएको थियो ।

अवतरण गर्ने क्रममा विमानको टायर पडि्कएको जनाइएको छ । विमानका चालक दल र सबै यात्रुहरु सकुशल रहेको नेपाल वायु सेवा निगमका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।